चालकसहित पाँच जनाको मृत्यु [नामसहित]

नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा पाँच जनााको मृत्यु भएको छ।

काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एअर डाइन्स्टीको हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक जना नेपाली र चार जना चिनियाँ पर्यटक रहेका छन्।

नेपाली नागरिकमा क्याप्टेन अरुण मल्ल रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।  चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी र जीक्वीङ सीको मृत्यु भएको छ।