सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये ४ जना उपचारपछि घर फर्किएका छन् भने १० जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
दुर्घटनामा सल्यानको बनगाड कुपिन्डे नगरपालिका – ८ थाराका ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती , २९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हिजो बेलुकी पौने ६ बजेतिर बनगाड कुपिण्डे नगरपालिकाको – ८ थारादेखि कालिमाटी गाउँपालिका – १ को लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ज ०२७१ नम्बरको जिप बनगाड कुपिन्डे नगरपालिका – १२ पुथलामा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
दुलाही दुलही चढेको गाडिसँगै गइरहेको अर्को गाडी दुर्घटनामा परेको थियो ।




