पोखरामा गुडिरहेकै अवस्थामा सार्वजनिक बसमा आगलागी भएको छ।
ग.१ख ९५६२ नम्बरको बस पोखरा महानगरपालिका २२ स्थित सिद्धार्थ राजमार्गमा आगलागी भएको हो।
कास्की प्रहरीका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) हरिबहादुर बस्नेतका अनुसार बसमा रहेका सबै यात्रुको सकुशल उद्धार गरिएको छ। गुडिरहेको बसमा ‘वायरिङ सर्ट’ भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
मानवीय क्षति नभए पनि बस भने पूर्ण रूपमा जलेको छ।





