वैदेशिक रोजगार विभागले यसअघि स्थगन गरिएका चार देशमा पुनः श्रम स्वीकृति फेरि दिन थालेको छ। विभागका अनुसार इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति सुरु गरिएको हो।
यसअघि नै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत फागुन १७ को मन्त्रीस्तरीय निर्णयबाट साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति सुरु गरिएको थियो। अहिले थप ४ देशमा पुनः सुरु गरिएको छ।
विभागका अनुसार इराकको हकमा भने मन्त्रिपरिषद्को गत पुस ११ को निर्णयअनुसार हुनेगरी श्रम स्वीकृति दिइने मन्त्रालयले चैत ३० गते निर्णय गरेको छ।




