पाल्पाको कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई जना बगेर बेपत्ता भएका छन्।
नयाँ वर्षका दिन पौडी खेल्न गएका बगनासकाली गाउँपालिका-९ का ३९ वर्षीय शरण भुसाल र २९ वर्षीय तोयानाथ बस्याल कालीगण्डकीमा बगेर बेपत्ता भएका हुन्।
मंगलबार बेलुका पौने ५ बजेतिर बगनासकाली-७ स्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा उनीहरु दुबै जना बगेर बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ।
उनीहरू ४ जनाको समूह बनाएर पौडी खेल्न गएका थिए।
पौडी खेल्न नदीमा पसेका चार जना मध्य दुई जना बगेर बेपत्ता भएको बाँकी दुई जना पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुई जना साथीहरु झण्डै असी मिटर टाढासम्म बग्दै गएको थप दुई जना साथीले देखे पनि जोगाउन नसकेको रहेछन् ।
रातिदेखि नै बेत्तपा दुई जनाको खोजी थालिएको र बुधबार बिहानदेखि फेरि खोजी सुरु गरिएको छ।




