बर्षको अन्तिम दिन घट्यो सुनचाँदीको मूल्य

यो बर्षकै अन्तिम कारोबार दिन अर्थात आज सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ७०० कायम भएको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो ।