नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३३० जनाका लागि दरखास्त आह्वान गरेको छ ।
सेनाले आज (शुक्रबार) एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।





