आजको मौसम: देशका केही स्थानमा पानी र हिमपातको सम्भावना बढी

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको भईरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्णतया बादल लाग्ने तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा, मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी र असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू-भागमा केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागको धेरै स्थानहरुमा स्थानहरुमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।