नेकपा केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्य संयोजन समितिको बैठक सोमबारबाट सुरु भएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ ।

यसअघि बिहीबार बसेको बैठकमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त प्रतिवेदन अध्ययनका लागि सबै सदस्यलाई वितरण गरिएको छ ।

बिहीबारको बैठकले पार्टी एकता र समायोजन, महाधिवेशनको तयारी तथा आगामी कार्ययोजनासहितका एजेन्डा पारित गरेको थियो ।