सुन–चाँदीको मूल्य घट्यो

 सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ ७ हजार ९ सय रुपैयाँ बढेको छ ।

गत सोमबार २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ ।

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको हो ।

हिजो प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७८० रुपैयाँमा झरेको छ ।

गत सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।