बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

 हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटेको प्रहरी टोलिले उनीहरुलाई कार्यालय परिसरबाट करिब १२ बजे तिर पक्राउ गरेको हो ।

यता इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरिएको कुरालाई पुष्टि गरेको छ । सेवा ग्राहीको लेखापढी काम आफ्नै कार्यालयमा बसेर गर्नुको साटो कार्यालयका प्रत्येक फाँटफाँटमा गएर फाइल पु¥याउने काम गरेकाले पक्राउ गरिएको डिएसपी होम बहादुर पराजुलीले बताउनुभयो । यता परिचयपत्र भिरेर काम गरिरहेका लेखापढी कानुन व्यवसायीलाई पक्राउ गरेर राज्यले आतंकित गर्ने काम गरेको कानुन व्यवसायीले आरोप लगाएका छन् ।