प्रहरीले चलाएको अप्रेशनका क्रममा काठमाडौंका विभिन्न क्षेत्रमा गुण्डागर्दीमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले विभिन्न क्षेत्रबाट १९५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।
अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरले १८ जना गुण्डागर्दीमा संलग्नलाई पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयले १३ जना र जिल्ला प्रहरी परिसले ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
यी हुन् अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका १३ जना–
–सजिंव लामा, काभ्रे नमोबुद्ध–१
–अशोक गिरी, सिन्धुपाल्चोक मेलम्ची–७
–वकिल वम, कालिकोट, पलाता
–सुरेश गुरुङ भन्ने किमजोङ, खोटाङ, एंसेलुखर्क–१
–संजिव राई, खोटाङ, एंसेलुखर्क–२
–राज कमुमार तामाङ, काभ्रे, पाँचखाल–४
–बिनोद ठकुरी, काभ्रे, मण्डनदेउपुर–१०
–शेर्पा लामा, काभ्रे, चुरिदेउराजी–७
–राहुल राई, खोटाङ, कपिलासगढी
–समेश तामाङ, नुवाकोट, दुप्चेश्वर–४
–सुन बहादुर तामाङ, नुवाकोट, शिवपुरी–५
–वीर बहादुर लामा, काभ्रे, मण्डनदेउपुर–१०
–महेश महत, ललितपुर, महाङ्काल
काठमाडौं प्रहरी परिसरले पक्राउ गरेका ५ जना–
–प्रविण तामाङ (डिम्पल) (श्याम लामा समूहमा सक्रिय रही बौद्द एरियामा गुण्डागर्दी गर्दै आइरहेको)
–बिर्जु महर्जन (कलंकी– बाफल एरियामा गुण्डागर्दीमा संलग्न)
–सुजन कार्की (कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दिमा सक्रिय)
–सरु हुमागाईं (स्यूचाटार एरियामा गुण्डागर्दिमा सक्रिय, पछिल्लो समय ग्याङ निर्माणमा लागेको)
–विकि लामा (बौद्ध एरियामा लुटपाट तथा गुण्डागर्दिमा संलग्न)





