नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई रविको बधाई

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बधाई दिएका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहमा शपथपछि लामिछानेले प्रधानमन्त्री शाहलाई बधाई दिँदै अँगालो हालेका छन् ।

रास्वपाका सभापति लामिछानेसहित पूर्वप्रधानमन्त्रीहरूले पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल र डा‍। बाबुराम भट्टराईले पनि बधाई दिए।