प्रधानमन्त्री बालेन्द्र शाहले लिए शपथ

 नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री शाहले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए ।

राष्ट्रपति पौडेलले शाहलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । बालेन संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।