राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिटको सुनुवाइ पर्सिसम्मका लागि सारिएको छ ।
सभापति लामिछाने सहितको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटको सरेको हो ।
उक्त मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको थियो । निवेदकको तर्फबाट बहस सकिएको भए पनि सरकारी वकिल र लामिछाने पक्षका वकिलको बहस भने बाँकी रहेको छ ।
गत सोमबार न्यायाधीशहरू विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ अघि बढाइएको थियो । अब बाँकी बहस पर्सि हुने गरी सुनुवाइ स्थगित गरिएको हो ।





