डोटीमा जिप दुर्घटना, दुई जनाको मृ*त्यु

 डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–६ रौसेल्लामा ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीबाट दुर्घटना भएको हो।

सो दुर्घटनामा मृत्यु हुनेमा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब जिप चालक २२ बर्षिय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिक रहेका छन्।

प्रहरीका अनुसार दुर्घटना गएराति करिब साँढे  १२ बजे भएको हो । गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

जिप सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ ।