कांग्रेस केन्द्रीय समिति बैठक जारी, पार्टी सभापति गगन थापाको राजीनामाबारे निर्णय लिने 

 नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।

शुक्रबार सुरु भएको बैठक आइतबार बिहानसम्मका लागि स्थगित गरिएको थियो । आजको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षासम्बन्धी प्रतिवेदनमाथि सदस्यहरूले आ–आफ्ना धारणा राखिरहनुभएको छ ।

त्यसैगरी बैठकमा पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामाबारे पनि गम्भीर छलफल भइरहेको छ । अधिकांश सदस्यहरूले सभापति थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा व्यक्त गरिरहनुभएको बताइएको छ