मध्यपूर्वमा जारी युद्धका बिच कतारको सैन्य हेलिकप्टर देशको समुद्री क्षेत्रमा दुर्घटना भएको छ।
कतारी रक्षा मन्त्रालयले आफ्नो एउटा हेलिकप्टर ‘प्राविधिक खराबी’का कारण कतारको जल क्षेत्रमा दुर्घटना भएको बताएको छ।
सरकारी सञ्चारमाध्यममा जारी विज्ञप्तिमा रक्षा मन्त्रालयले हेलिकप्टरका चालक दल र अन्य यात्रुको खोजी तथा उद्धार अभियान सुरु गरिएको बताएको छ।
कतारका अधिकारीहरूले दुर्घटनाका बेला हेलिकप्टर ‘नियमित ड्युटी’मा रहेको बताएका छन्।





