आइतबार नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट १४ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।
यसको सावाँब्याज राष्ट्र बैंकले २०८२ चैत २२ गते भुक्तानी गर्ने जनाइएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।





