नेपाली बजारमा आइतबार सुनको भाउ ह्वात्तै घटेको छ । आइबार सुनको भाउ प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।
शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८२ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।




