कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।
आज राम नवमीको अवसरमा हिन्दू धर्मावलम्बीहरुले मन्दिरमा तथा इदको अवसरमा मुस्लिम समुदायले मस्जिदमा नवाज पढ्दै गर्दा दुवैतर्फबाट माइकको आवाज चर्को भएको विषयमा विवाद र झडप भएको थियो ।
दुई समुदायबीच तनाव सिर्जना भएपछि सम्भावित झडपलाई रोक्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञामा कुनै किसिमको भेला, सभा, जुलुस गर्न पाइने छैन । पूर्वमा बर्गदी पुल, पश्चिम बहादुरगञ्ज चोक, उत्तर महाराजगन्ज बजार र दिक्षणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।





