प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारका निम्ति निर्धारित दुवै खेल वर्षाका कारण रद्द गरिएको छ ।
यस प्रतियोगिताको उद्घाटन खेल जनकपुरमा हुने तालिका थियो । दोस्रो खेल वीरगन्जमा हुने तय थियो ।
जनकपुरमा मधेस र कोसी प्रदेशबीचको खेल सुरु नहुँदै रद्द गरिएको छ ।
वीरगन्जमा कर्णाली र लुम्बिनी प्रदेशबीचको खेल सुरु भए पनि वर्षापश्चात् रद्द गरिएको आयोजकले जनाएको छ ।
दुवै खेल रद्द भएपछि चारै टिमले एक/एक अंक पाएका छन् ।
सात प्रदेश र तीन विभागीय टिम सहभागी यो प्रतियोगिता यसपटक मधेस प्रदेशको जनकपुर र वीरगन्ज तथा काठमाडौंमा हुँदैछ ।
अंकतालिकाको शीर्ष दुईमा रहने टिमबीच फाइनल खेल हुनेछ ।
फाइनल खेल पर्साको वीरगन्जमा हुने तालिका छ ।





