रायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ रात सवारी चलाउन रोक लगाइएको छ ।
आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रवार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास-दाउन्ने-बर्दघाट खण्डमा सवारी रोक्ने निर्णय गरेको हो ।
आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा रोकिने भएका छन् । आकस्मिक सेवाका सवारी साधन भने चल्न पाउने छन् ।





