एक नेपाली इरानको कब्जामा

इरानले हर्मुज क्षेत्रबाट एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अमृत झा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा इरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो। सोहि क्रममा उनी पनि पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए।