राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु वर्तमान संविधानप्रति प्रतिवद्ध रहेको बताएका छन् ।
बुधवार पार्टीका सांसदहरुको अभिमुखिकरण कार्यक्रमलाई समापन गर्दै उनले सो कुरा बताएका हुन् । सभापति लामिछानेले शासकीय स्वरुपमा भने केही न केही सुधार हुनुपर्छ भन्नेमा आफूहरु रहेको समेत स्पष्ट पारे ।
सभापति लामिछानेले वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिवद्धता नडग्मगाएको उल्लेख गर्र्दै त्यसलाई पार्टीका सांसदहरुले डगमगाउन नहुने विश्वास समेत व्यक्त गरे ।
उनले पुराना नेताहरुले मुलुकमा पु¥याएको योगदानलाई नजरअन्दाज गर्ने काम पनि गर्न नहुने बताए ।
सभापति लामिछानेले पुराना दलका नेताहरुले दिएको योगदानलाई अपमानित गर्ने हक कसैलाई पनि भएको बताए ।




