इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा

युक्रेनले इरानी आक्रमणको विरूद्ध खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको समर्थन गर्ने पुष्टि गरेको छ । यसैबीच खाडी मुलुकहरू विरुद्धको इरानी सैन्य कारबाहीलाई तत्काल रोक्न र सबै प्रकारका आक्रमणको अन्त्यको आवश्यकतामा युक्रेनले जोड दिएको छ ।

जिसिसीका महासचिव जसिम मोहम्मद अल बुदैवीले युक्रेनका विदेश मामिलामन्त्री एन्ड्री सिबिहाको फोन वार्ताको माध्यामबाट यो समर्थन पुष्टि भएको जनाइएको छ ।

यसैबीच जीसीसी राज्यहरूले र जोर्डनको हाशेमाइट राज्यमा इरानी आक्रमणको निन्दा गर्ने ऐतिहासिक संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव- २८१७ लाई प्रायोजन र समर्थन गर्न युक्रेनको प्रयासको प्रशंसासमेत गरेका छन् । यस अवसरमा साझा हितका लागि जीसीसी–युक्रेनी सम्बन्धलाई सुदृढ पार्ने तरिकाहरूबारे पनि छलफल भएको जनाइएको छ ।