राष्ट्रपति पौडेलद्वारा एमाले अध्यक्ष ओलीप्रति समवेदना प्रकट

राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले मङ्गलबार अध्यक्ष ओलीको भक्तपुरको गुन्डुस्थित निवासमा पुगेर पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गर्नुभएको हो । 

भेटकाक्रममा उहाँले शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो सहानुभूति एवं समवेदना प्रकट गर्नुभएको अध्यक्ष ओलीको निजी सचिवालयले जनाएको छ ।