इनिसा विक हत्या प्रकरण : माईतीघरमा आज पनि प्रदर्शन, दोषीमाथि कारबाहीको माग

सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै निरन्तर काठमाडौंको माईतीघरमा प्रदर्शन भईरहेको छ ।

नेपाल दलित मुक्ति मोर्चाले आईतवार काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि निष्पक्ष छानविन गरी दोषिलाई कारबाही माग राखी शुक्रवारदेखि माईतीघरमा निरन्तर प्रदर्शन हुँदै आएको छ ।

आईतवार तेस्रो दिन पनि सरकारलाई दबाब दिँदै प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर, छुवाछुत विभेदको पूर्ण अन्त्य गर, महिला र बालवालिकामाथी हुने सबै उत्पिडन र हिंसा बन्द गर लगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए ।