नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने भएको हो । बैठक आज दिउँसो १ बजे बस्ने ओलीको निजी सचिवालयले जानकारी दिएको छ ।
एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम टुङ्गो लगाउने विषयमा छलफल हुने जनाइएको छ । एमालेले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै निर्वाचन आयोगमा पठाउने भएको छ ।




