प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता समेत रहेका शाहीले चुनावमा २० लाख ५५ हजार रुपैयाँ खर्च भएको जनाएका छन्। उनले निर्वाचनमा बुझाएको खर्च विवरणअनुसार, सवारी साधन र इन्धनमा सबैभन्दा बढी ५ लाख ९० हजार खर्च भएको छ।
त्यस्तै, सबैभन्दा कम मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। यस्तै घरदैलोमा २ लाख ८० हजार, झण्डा, ब्यानर, नमुना मतपत्र, पोस्टमामा २ लाख २० हजार, मिडिया, स्पिकर, स्टेसनरीमा ३ लाख, भेटघाट तथा आमसभामा ३ लाख ५०, युवा परिचलानमा ८० हजार जिल्ला स्तरीय वृहत भेलामा २ लाख २५ हजार खर्च भएको उल्लेख गरेका छन्।
उनी जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।





