रवि लामिछाने र ‘प्रचण्ड’बीच टेलिफोनमा कुराकानी

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोनमार्फत संवाद भएको छ।

उक्त संवादका क्रममा दुवैले एक अर्कालाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई आदान-प्रदान गरेका थिए। यस बाहेक उनीहरूबीच अन्य विषयमा के-कस्तो छलफल भयो भन्नेबारे भने थप विवरण सार्वजनिक गरिएको छैन।