नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङ रहेका छन् । हाल उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
पृथ्वीचोक स्थित महावीर पुन लगायतको टिमले “महावीर पुन सम्झना, सपना र अविरल यात्रा” नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा ती व्यक्तिले अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको घटना विभिन्न सामाजिक सञ्जालहरूमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।





