महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा

पूर्वमन्त्री तथा नेकपा (एमाले) का सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग राखेर मुद्दा दर्ता भएको छ ।

अधिवक्ता लवन न्यौपानेले बुधबार   सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । आगामी चैत १ गते सुनुवाइका लागि पेसी तोकिएको छ ।

गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा बस्नेतले अवहेलनाजन्य अभिव्यक्ति दिएको दाबी अधिवक्ता न्यौपानेको छ ।

नेता बस्नेतले प्रधानन्यायाधीश प्रकासमानसिंह राउत र न्यायाधीशमाथि लाञ्छनायुक्त अभिव्यक्ति दिँदै मानमर्दन गरेको दाबी समेत गरिएको छ ।