नेपाली कांग्रेस राष्ट्रियसभा दलको आयोजनामा बुधबार राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूबिच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले दुई निर्णय गरेको छ । बैठकमा पुराना र नयाँ सांसदबिच परिचय र अन्तरक्रियासमेत भएको दलका नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए ।
बैठकले दुई निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायाले जानकारी दिए ।
१.नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको तर्फबाट मिति २०८२ माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट नवनिर्वाचित माननीय सदस्यहरूलाई स्वागत गरियो ।
२.देशको समसामयिक राजनीतिक परिस्थितिकाबारे छलफल गरियो । आगामी दिनमा जनताको भावना अनुरूप दलको तर्फबाट राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरियो ।





