इरान युद्धमा अहिलेसम्म ७ अमेरिकी सेनाको मृत्यु, १४० घाइते

 इरानसँग सुरु भएको युद्धपछि अहिलेसम्म करिब १४० जना अमेरिकी सैनिक घाइते भएका छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागन प्रवक्ता शोन पार्नेलका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएयता विभिन्न आक्रमण र सैन्य कारबाहीका क्रममा अमेरिकी सैनिकहरू घाइते भएका हुन् ।

उनले जारी गरेको वक्तव्यमा अधिकांश सैनिकलाई सामान्य चोट लागेको र १०८ जना सैनिक उपचारपछि पुन: ड्युटीमा फर्किसकेको उल्लेख गरिएको छ । पार्नेलका अनुसार आठ जना सैनिक भने गम्भीर रूपमा घाइते भएका छन् । उनीहरूलाई राम्रो उपचारको व्यवस्था गरेर विशेष निगरानीमा राखिएको जनाइएको छ । त्यस्तै अहिलेसम्म ७ अमेरिकी सेनाले ज्यान गुमाएका छन् ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव जारी रहेको छ । त्यसयता विभिन्न स्थानमा लगातार सैन्य कारबाही र प्रतिआक्रमण भइरहेका छन्, जसका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ ।