लज्जास्पद हारेका पूर्वअर्थमन्त्री पौडेलको चुनाव खर्च २८ लाख !

 पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनाव खर्च विवरण बुझाएका छन् । रुपन्देही-२ बाट उम्मेदवार बनेका पौडेलले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाएका हुन् ।

पौडेलले अयोगमा बुझाएको खर्च विवरण अनुसार पौडेलले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि २८ लाख रुपैयाँ खर्च गरेका छन् । 

बिष्णु पौडेलले फागुन २१ गते सम्पन्न निर्वाचनका लागि २८ लाख रुपैयाँ खर्च गरेका छन् ।

पौडेलको सबैभन्दा धेरै खर्च सवारी सधान तथा इन्धनमा भएको छ । उनले कुल ८ लाख ९७ हजार २ सय ७५ रुपैयाँ सवारी सधान भाडा तथा इन्धनमा खर्च भएको उल्लेख गरेका छन् । छापा एवम् विद्युतीय प्रचारमा ८ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ । 

त्यस्तै, उनले कार्यालय सञ्चालनमा २ लाख ६४ हजार, विविधमा २ लाख २२ हजार ३२५, छपाइमा १ लाख ९० हजार, एसएमएस १ लाख ७५ हजार, मतदाता नामावली खरिद ९८ हजार, गोष्ठी तथा कार्यकर्ता परिचालन ५५ हजार, अन्तरक्रिया ४५ हजार र प्रतिनिधि परिचालनमा २६ हजार ५ सय गरी २८ लाख ७ हजार १ सय रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

पौडेलका लागि यसपालीको निर्वाचनमा निर्वाचन आयोगले खर्च गर्न २९ लाख रुपैयाँको सीमा तोकेका थियो ।