यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएको छ ।
निर्वाचन आयोगको मंगलबार बिहान १०ः४० बजेको विवरणअनुसार, कुल १ करोड ४ लाख १९ हजार २३४ मतगणना हुँदा रास्वपाले ५० लाख मत प्राप्त गरेको हो ।
पछिल्ला निर्वाचनहरुमा ५० लाख मत कुनैपनि दलले प्राप्त गर्न सकेका थिएनन् । ५० लाख मत कटाएर रास्वपाले नयाँ रेकर्ड गरेको छ ।
यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार, नेकपा (एमाले) ले १४ लाख ११ हजार, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ६६ हजार, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २४ हजार मत प्राप्त गरेको छ।
समानुपातिक तर्फको मतगणना जारी छ । हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड कटाइसकेका छन् ।




