समानुपातिक निर्वाचन प्रणालीतर्फको मत गणना अहिले जारी छ। हालसम्म कुल १ करोड ३ लाख ७० हजार ६२८ मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ।
अहिलेसम्म १५२ क्षेत्रको मतगणना सकिएको छ। प्रतिनिधिसभा अन्तर्गत १३ क्षेत्रको समानुपातिक मत गणना भइरहेको आयोगले जनाएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेसम्म ४९ लाख ८० हजार ५९१ मत पाएको छ।
पछिल्लो विवरणअनुसार कांग्रेसले १६ लाख ८६ हजार ४३८ मत पाउँदा एमालेले १४ लाख २ हजार ९४० मत पाएको छ।
त्यसैगरि नेकपाले ७ लाख ६४ हजार ३११ मत पाएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख ५० हजार ८४१ मत पाएको छ।
अहिलेसम्म राप्रपाले ३ लाख २३ हजार ८९२ मत पाएको छ भने जसपाले १ लाख ७० हजार, रापपाले १ लाख ६६ हजार, जनमतले ७६ हजारभन्दा धेरै मत पाएका छन्।





