बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल खड्का विजयी भएका छन्।
सुरुवाती चरणदेखि नै मतान्तर बढाउँदै आएका खड्काले प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका भीम श्रीसलाई ८ हजार ९८३ मतले पछि पार्दै विजय हासिल गरे।
बागलुङ–१ मा जम्मा खसेको ४८ हजार ९३२ मतमा खड्काले २० हजार ९२७ मत प्राप्त गरेका छन्। कांग्रेसका भीम श्रीसले ११ हजार ९४४ मत पाएका छन् भने नेकपा एमालेका हीराबहादुर केसी ८ हजार ६४० मतमा सीमित रहे।
त्यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत प्राप्त गरे भने राप्रपाका कल्याणविक्रम आचार्य ५२३ मतमा सिमित रहे।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले मत परिणामको जानकारी दिएका छन्।




