तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले जित सुनिश्चित गरेका छन् । १४ हजार मत गणना बाँकी रहँदा १७ हजार बढी मतान्तर भइसकेको छ ।
एक लाख २६ हजार ८८२ मतदाता रहेकोमा यो क्षेत्रमा ६८ हजार १२९ मत खसेको थियो । पछिल्लो सार्वजनिक मतपरिणाम अनुसार रास्वपाका स्वर्णिमले ३० हजार ५ मत प्राप्त गरेका छन् ।
१७ हजार ११३ मतान्तर छ । ५३ हजार ५७८ गणना भएको हो । अब १४ हजार ५५१ मत गन्न बाँकी छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले १२ हजार ८८७, नेकपा एमालेकी भगवती न्यौपानेले ४ हजार १८, नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले २ हजार १२५ मत पाए ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ६७२, उज्यालो नेपाल पाटीका मञ्जिल रानाको ४११, श्रम संस्कृति पार्टीका काशीराम गुरुङले ८६१ मत पाएका छन् । यो क्षेत्रमा १६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन् ।




