२७ सिटको आधिकारिक घोषणा: रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)

देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये निर्वाचन आयोगले अहिलेसम्म २७ स्थानको नतिजा घोषणा गरेको छ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी २० सिट जितेको छ।

यसपछि दोस्रोमा नेपाली कांग्रेसले ५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ र नेकपा एमालेले १ स्थानमा विजय हासिल गरेका छन्।

निर्वाचन आयोगले शनिबार बिहान ८:४८ बजेसम्म घोषणा गरेको नतिजा यस्तो छ: 

रास्वपाले जितेका २० सिट

-मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी

-मोरङ ६ मा रुबिना आचार्य

-धनुषा ३ मा मनिष झा

-काठमाडौँ १ मा रञ्जु दर्शना

-काठमाडौँ २ सुनिल केसी

-काठमाडौँ ३ मा राजुनाथ पाण्डे

-काठमाडौँ ४ मा पुकार बम  

-काठमाडौँ ५ मा सस्मित पोखरेल

-काठमाडौँ ७ मा गणेश पराजुली

-काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ

-काठमाडौँ ९ मा डोलप्रसाद अर्याल

-काठमाडौँ १० मा प्रदीप विष्ट

-कास्की २ मा उत्तमप्रसाद पौडेल

-कास्की ३ मा बिना गुरुङ

-रुपन्देही ४ बाट कन्हैया बानियाँ

-बाँके १ मा सुरेशकुमार चौधरी

-स्याङ्जा १ मा धनञ्जय रेग्मी

-बाँके ३ खगेन्द्र सुनार

 -चितवन-२ रवि लामिछाने

-महोत्तरी १ मा प्रमोदकुमार महतो

का‌ंग्रेसका जितेका ५ सिट

-मनाङ १ मा टेकबहादुर गुरुङ

-मुस्ताङ १ मा योगेश गौचन थकाली

-दैलेख  १ मा वासना थापा

-तेह्रथुममा सन्तोष सुब्बा

-रसुवामा मोहन आचार्य

नेकपाले जितेको १ सिट

-रुकुमपूर्व १ मा पुष्पकमल दाहाल प्रचण्ड

एमालेले जितेको १ सिट

-बाँके २ मा मोहम्मद इश्तियाक राई