प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन जित नजिक पुगेका छन्।
करिब चार हजार मत गणना बाँकी रहँदा पुनले १२ हजार ६०० भन्दा बढी मतान्तरसहित अग्रता कायम गरेका छन्।
धौलागिरि, मालिका, मङ्गला गाउँपालिका, बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका ४१ वडाको मतगणना सकिँदा पुनले २० हजार २०८ मत प्राप्त गरेका छन्।
पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ को ३ हजार ९०६ मत गणना हुन बाँकी छ।
हालसम्म नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ५२४ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार २७५ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ४१२ मत प्राप्त गरेका छन्।
बिहीबार सम्पन्न मतदानमा म्याग्दीमा ८६ हजार ३९७ मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो। हालसम्म ४२ हजार ४४५ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।





