झापा- ५ मा बालेनले कटाए ६ हजार मत, ओली धेरै पछाडि

झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राखेका छन् । उनलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छ्याइरहेका छन् । 

बालेनले ६ हजार ५५१ मत पाउँदा ओलीले एक हजार ४२८ मत पाएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसकी उमेदवार मंधरा चिमरिया रहेकी छन् । उनले २१६ मत पाएकी छन् ।