जेन-जी भन्दै धम्क्याउँदै हिँड्ने अर्जुनबहादुर शाहीले एक मत पनि नपाएको पाइएको छ । काठमाडौँ-१ मा नेपाल जनसेवा पार्टीबाट उम्मेदवारी दिएका शाहीले एक मत पनि नल्याएको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ ।
शाही तिनै व्यक्ति हुन्, जसले जेन-जी आन्दोलनपछि ‘आफू जेन-जी’ भएको भन्दै विभिन्न सरकारी कार्यालय र संघसंस्थामा धम्क्याउँदै हिँड्ने गरेका थिए ।
अर्जुनबहादुर शाहीले एक मत पनि नपाएको पाइएको छ ।
सरकारी कर्मचारीहरुलाई धम्क्याउँदै हिँडेका शाहीमाथि अनुसन्धान गर्दा उनी ठगी, चेक बाउन्सजस्ता मुद्दामा फरार अभियुक्त समेत रहेको खुलेको थियो । जेन-जी आन्दोलनभन्दा केही समयअघि उनी पक्राउ परेर छुटेको समेत खुलेको छ ।
काठमाडौँ-१ को अन्तिम मत परिणाम आइसकेको छ । अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छिन् ।




