एक सय १९ स्थानको मतगणना जारी, रास्वपा ८८ स्थानमा अगाडि, तीन दलबीच दोस्रोको होड

 प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले एक एक स्थानमा जित हासिल गरेका छन् । 

रास्वपा काठमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् ।

कांग्रेस मुस्ताङमा विजयी भएको हो । योगेश गौचन थकाली विजयी भएका हुन् । 
   
११९ स्थानको मतगणना भइरहँदा रास्वपा ८८, नेपाली कांग्रेस ८, नेकपा एमाले ७ र नेपाली कम्युनिष्ट पार्टी ८ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै श्रम संस्कृति २, राप्रपा २, प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ ।