झापा-१ मा घण्टीकी डाँगीको अग्रता, नेकपाको परिणाम नै आएन

 झापा प्रतिनिधिसभा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएकी छिन्।

निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार ३,७७९ मत गणना गर्दा डाँगीले १,७०२ मत प्राप्त गरेकी छिन्।

श्रम संस्कृति पार्टीका केवलराम राई ७७५, नेपाली कांग्रेसका केशवराज पाण्डे ५२५, र नेकपा (एमाले) का रामचन्द्र उप्रेती ४०५ मतमा रहेका छन्।

क्षेत्रका कुल मतदाता १,३१,०६७ मध्ये ७६,७७४ मत खसेको छ।