। झापा निर्वाचन क्षेत्र नम्बर ५ को मतगणनामा रास्वपाका बालेन शाहले भारी अग्रता लिएका छन् । पछिल्लो आधिकारिक नतिजा अनुसार बालेनले ५,२५४ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १,२४८ मत मात्र पाएका छन् ।
दुई उम्मेदवारबीचको अन्तर ४,००६ पुगेको छ। यो नतिजाले झापा–५ मा एमालेको दशकौँदेखिको विरासत संकटमा परेको संकेत गरेको छ। देशभर ‘घण्टी’ को लहर चलिरहँदा बालेन र ओलीबीचको यो भिडन्त अहिले सबैको चासोको विषय बनेको छ।




