चितवन–१ मा रास्वपाका ढकालले लिए अग्रता

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–१ मा रास्वपा उम्मेदवार हरि ढकालले अग्रता बनाएका छन् । मतगणना सुरु भएदेखि तेस्रो स्थानमा रहेका ढकालले हालसम्मको गणनामा अग्रता लिएका हुन् । 
उनले १ हजार ७९१ मत सहित एमालेका दावादोर्जे लामालाई पछि पारेका छन् । लामाले १ हजार ६१७ मत पाएका छन् भने कांग्रेसकराजेन्द्र बुर्लाकोटीले १ हजार ४४९ मत पाएका छन् ।