तनहुँ-१ अपडेट: स्वर्णिम वाग्लेको फराकिलो अग्रता

तनहुँ क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो अग्रतालाई थप बलियो बनाएका छन् । पछिल्लो प्राप्त नतिजा अनुसार वाग्लेले २,९२८ मत प्राप्त गरेका छन् ।

उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले १,६५७ मतका साथ पछ्याइरहेका छन् भने नेकपा एमालेकी भगवती न्यौपाने १,१०१ मतसहित तेस्रो स्थानमा छन् । त्यस्तै, तारा चिह्न भएका विद्यानाथ ढकालले ३२३ मत पाएका छन् ।