कास्कीमा गएराती देखि नै मतगणना सुरु भएको छ। कास्कीको सबै तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अगाडी छन्। कास्की १ मा रास्वपाका उम्मेदवार खड्क राज पौडेल (गणेश)ले २३०६ मत ल्याउँदै अगाडि छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार बैन बहादुर क्षेत्रीले यस क्षेत्रमा १४ सय ५५ ल्याएका छन्। नेपाली कांग्रेसका तिलक रानाभाटले ९ सय ६७ ल्याएका छन्।
कास्की २ मा पनि रास्वपाका उम्मेदवार उत्तम पौडेल दोब्बर मतले अगाडी छन्। यस क्षेत्रमा ३ हजार ७० मत ल्याएर पौडेल अगाडि रहदा एमालेका उम्मेदवार रश्मि आचार्यले १४ सय१४ मत ल्याएका छन्। कांग्रेसका उम्मेदवार माधव प्रसाद बास्तोलाले ९ सय ३२ ल्याएका छन्।
कास्की ३ मा रास्वपा उम्मेदवार बिना गुरुङले ३८ सय ४२ मत ल्याएर लिड गरिरहदा, कांग्रेसका मनोज गुरुङले १५ सय ५२ र एमालेका उम्मेदवार दामोदर वैरागिले ९ सय ६३ मत ल्याएका छन्। कास्कीका ३ निर्वाचन क्षेत्रको मतगणना फरक फरक स्थानमा भइरहेको छ।





